काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षण सम्बन्धी महाअभियानमा सहकार्यका लागि दुर्गा प्रसाईँ नेतृत्वको टोलीसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन्।
सरकारले सञ्चारमन्त्री जगदीश खरेल को नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी प्रसाईँसँग निरन्तर वार्ता गर्दै आएको छ। यसअघि मंसिर २२ गते पनि दुई पक्षबीच छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले प्रसाईँ टोलीसँगको छलफललाई चुनावको वातावरण सृजना गर्ने र सम्भावित आन्दोलनको निकास खोज्ने प्रयासको रूपमा अघि बढाएकी छन्।
सरकार र प्रसाईँबीचको यस वार्ता आगामी राजनीतिक र सामाजिक परिस्थिति नियन्त्रणमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।






प्रतिक्रिया