२०८३, ११ कार्तिक बुधबार

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै


काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२६ सुरु भएको छ। सन् २०२५ लाई बिदाइ गर्दै विश्वभर नयाँ वर्ष २०२६ को स्वागतका लागि विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

इस्वी संवत्को सुरुवात येशू ख्रीष्ट (Jesus Christ) को जन्मसँग सम्बन्धित मानिन्छ। पछि पोप ग्रेगोरी तेह्रौँले जुलियन पात्रोको सट्टा सुधारिएको ग्रेगोरियन पात्रो लागू गरेपछि जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाउन थालिएको हो।

नेपालमा पनि केही वर्षयता अंग्रेजी नयाँ वर्ष उत्साहका साथ मनाउन थालिएको छ। काठमाडौंको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडक, पोखरा, सौराहा र लुम्बिनीमा विदेशी पर्यटक र स्थानीयहरूको बाक्लो उपस्थितिमा ‘न्यु इयर इभ’ कार्यक्रम आयोजना गरिएको छ।

बुधबार साँझदेखि नै काठमाडौंका प्रमुख पर्यटकीय र व्यस्त क्षेत्रहरूमा सांगीतिक कार्यक्रम, नृत्य, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरू भइरहेको थियो। मानिसहरूले एक–अर्कामा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको अवसरमा शान्ति, समृद्धि र खुशीको कामना गरेका छन्।

विश्वभर पनि न्यू योर्क, लण्डन, टोकियो, सिड्नी, पेरिस लगायत शहरहरूमा भव्य आतिशबाजी, सांगीतिक कार्यक्रम र सांस्कृतिक उत्सव आयोजना गरिएको छ। यसले मानिसहरूलाई नयाँ वर्षको उत्सव मनाउने अवसर मात्र नभई सांस्कृतिक आदान–प्रदानको माध्यम पनि प्रदान गरेको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  २ : २२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता