२०८२, १६ चैत्र मंगलबार

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन खोजी तीव्र,कांग्रेस-एमाले दुवै नेकपासँग संवादमा

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन खोजी तीव्र,कांग्रेस-एमाले दुवै नेकपासँग संवादमा


काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग पनि संवाद अघि बढाएका छन्।

एक्लै चुनावी मैदानमा उत्रिँदा अपेक्षित परिणाम नआउने निष्कर्षसहित कांग्रेस र एमाले दुवै गठबन्धनको विकल्प खोजिरहेका छन्। यही क्रममा उनीहरूले नेकपासँग पनि अनौपचारिक छलफल थालेका हुन्। उता, नेकपाले पनि कुनै न कुनै दलसँग सहकार्य नगरी राष्ट्रियसभा निर्वाचनमा सफलता हासिल गर्न कठिन हुने निष्कर्ष निकालेको छ।

नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस र एमाले दुवैसँग अनौपचारिक संवाद भइरहेको छ।
उनले भने, “विभिन्न माध्यमबाट छलफल भइरहेको छ, यो स्वाभाविक प्रक्रिया हो। अहिलेसम्म औपचारिक वार्ता टोली बनेको छैन, तर निर्वाचन नजिकिँदै गएकोले एक–दुई दिनमै निष्कर्षमा पुग्न सकिन्छ।”

खतिवडाका अनुसार विगतको सहकार्यलाई आधार मान्दा एमालेभन्दा कांग्रेससँग गठबन्धनको सम्भावना बढी देखिएको छ।
“एमालेसँग पनि संवाद भइरहेको छ, राजनीतिमा सहकार्य असम्भव हुँदैन। तर हालको परिस्थितिमा कांग्रेससँग कुरा मिल्ने सम्भावना बढी छ,” उनले थपे।

यता, कांग्रेस र एमालेबीच पनि राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने विषयमा तीव्र छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा निर्वाचन मात्र नभई आगामी आम निर्वाचनसम्मको सम्भावित सहकार्यबारे समेत सकारात्मक देखिएका छन्।

तर कांग्रेसभित्रकै केही नेताहरूले एमालेसँगभन्दा नेकपासँग गठबन्धन गर्दा पार्टीलाई बढी फाइदा हुने तर्क गर्दै त्यसतर्फ जोड दिइरहेका छन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एमालेबाहेक अन्य दलहरूसँग पनि छलफल जारी रहेको र अन्तिम निष्कर्षमा नपुगिएको बताए। उता, एमालेका एक नेताले पनि कांग्रेससँगै नेकपासँग समेत संवाद भइरहेको पुष्टि गरे।

फागुन २० गतेदेखि रिक्त हुन लागेका १९ राष्ट्रियसभा सदस्य पदमध्ये १८ पदका लागि निर्वाचन हुँदैछ। यही कारण दलहरूबीच गठबन्धनबारे राजनीतिक चलखेल थप तीव्र बनेको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  १ : ५० बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा