२०८२, १७ पुस बिहीबार

सशस्त्रको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

सशस्त्रको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु


विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिक सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको छ।

बुधबार राति करिब १ बजे भारतबाट सामान ल्याउँदै सिटी सफारीमा आउँदै गरेका साह सशस्त्र प्रहरी टोलीसँग जम्काभेट भएपछि गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। सिटी सफारीबाट चिनी, सरफ, चकलेटलगायतका सामग्री फेला परेका छन्।

सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका क्रममा तस्कर समूहबाट पहिला गोली चलेपछि जवाफी फायर गरिएको दाबी गरेको छ। तर स्थानीयले भने लेनदेन विवादमा सशस्त्रले एकतर्फी रूपमा गोली प्रहार गरेको आरोप लगाएका छन्।

घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  १ : ४० बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण