२०८२, १४ माघ बुधबार

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता


काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको छ।

अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताविरुद्ध परेको घुससम्बन्धी उजुरी, अडियो संवाद र त्यसको फरेन्सिक प्रतिवेदन, संलग्न व्यक्तिहरूबीचको फोन सम्पर्क विवरण, पोखराको होटल बसाइ र मन्त्रालयबाट तिरिएको बिल, बैंक खातामार्फत भएको रकम लेनदेन तथा नगद गन्दै गरेको फोटो प्रमाणलाई आधार मानेको हो।

अदालतले इजलासमै दिइएको बयान अन्य प्रमाणसँग नमिलेको ठहर गर्दै विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) अनुसार गुप्तालाई तत्काल थुनामा राख्नुपर्ने पर्याप्त कारण देखिएको जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ८ : ०९ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार