२०८२, १४ माघ बुधबार

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने


काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश विशेष अदालतले बुधबार जारी गरेको छ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यो फैसला गरेको हो।मन्त्री गुप्तामाथि कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा सदस्य बनाइदिने सन्दर्भमा घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई आपसी मिलेमतोमा पदको दुरुपयोग गरी २५ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको थियो।

अख्तियारले असोज २२ गते पूर्वमन्त्री गुप्ता लगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यो प्रकरणमा दुई जनाबीचको अडिओ सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको थियो। अडिओमा बिचौलियाले भनेको सुनिएको थियो – “पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला।”

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ५ : ५२ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार