२०८३, १८ आश्विन सोमबार

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने


काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश विशेष अदालतले बुधबार जारी गरेको छ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यो फैसला गरेको हो।मन्त्री गुप्तामाथि कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा सदस्य बनाइदिने सन्दर्भमा घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई आपसी मिलेमतोमा पदको दुरुपयोग गरी २५ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको थियो।

अख्तियारले असोज २२ गते पूर्वमन्त्री गुप्ता लगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यो प्रकरणमा दुई जनाबीचको अडिओ सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको थियो। अडिओमा बिचौलियाले भनेको सुनिएको थियो – “पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला।”

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ५ : ५२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय