२०८२, १६ पुस बुधबार

लिङदेनको नेतृत्व स्वीकार्दै कमल थापा राप्रपामा फिर्ता, ६ बुँदे सहमतिपत्रमा एकता

लिङदेनको नेतृत्व स्वीकार्दै कमल थापा राप्रपामा फिर्ता, ६ बुँदे सहमतिपत्रमा एकता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चार वर्षपछि आफ्नो मूल पार्टी राप्रपामै फर्किएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्व स्वीकार गर्दै राप्रपा र राप्रपा नेपालबीच बुधबार औपचारिक एकता भएको हो।

दुवै दलबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई राप्रपामा विलय गरिएको छ। सहमतिपत्रअनुसार राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भई पछि राप्रपा नेपाल रोजेका नेता–कार्यकर्तालाई सोही जिम्मेवारीमा पुनः फर्काइने उल्लेख गरिएको छ।

सहमति अनुसार राप्रपा नेपालको तर्फबाट पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहमतिका आधारमा राप्रपाको केन्द्रीय कार्यसमितिमा रहने व्यवस्था गरिएको छ।

त्यसैगरी, २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनको समयमा कायम रहेका वडा, गाउँ, नगर तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित जिल्लामै सम्मानजनक ढंगबाट व्यवस्थापन गर्दै लगिने सहमतिपत्रमा उल्लेख छ।

एकतासँगै राप्रपाको संगठनात्मक शक्ति थप सुदृढ हुने र आगामी राजनीतिक गतिविधिमा पार्टी एकीकृत रूपमा अघि बढ्ने दुवै पक्षको विश्वास छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  २ : ५५ बजे

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले