२०८३, २० आश्विन बुधबार

मधेश प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

मधेश प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले ६ जना नयाँ मन्त्री नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद् विस्तारसँगै मधेश प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ। सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो।

नवनियुक्त मन्त्रीहरूलाई बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण तथा फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रिपरिषद् पूर्ण भएसँगै प्रदेश सरकारको नियमित कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  २ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको