२०८३, ११ कार्तिक बुधबार

मधेश प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

मधेश प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले ६ जना नयाँ मन्त्री नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद् विस्तारसँगै मधेश प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ। सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो।

नवनियुक्त मन्त्रीहरूलाई बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण तथा फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रिपरिषद् पूर्ण भएसँगै प्रदेश सरकारको नियमित कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  २ : ४९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता