२०८३, १० असार बिहीबार

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा देशका १३ जिल्लाको प्रतिनिधित्व नपरेको पाइएको छ। कांग्रेसको बन्दसूचीमा ७७ मध्ये ६४ जिल्लाबाट मात्रै उम्मेदवार समावेश छन्।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्ला-ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन-बाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन। यस्तै कोशी र गण्डकी प्रदेशका तीन–तीन जिल्ला, लुम्बिनीका दुई तथा कर्णाली प्रदेशको एक जिल्ला बन्दसूचीबाट बाहिर परेका छन्।

कोशी प्रदेशका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूर्वी रूकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कांग्रेसले समानुपातिक उम्मेदवार सिफारिस गरेको छैन।

मधेश र सुदूरपश्चिम प्रदेशका भने सबै जिल्लाबाट प्रतिनिधित्व भएको देखिन्छ। मधेश प्रदेशमा धनुषाबाट सबैभन्दा बढी ६ जना बन्दसूचीमा परेका छन्। धनुषाकै डा. चन्द्रमोहन यादवको नाम बन्दसूचीमा दोहोरिएको छ। उनी पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुन्।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरबाट दुई–दुई जना तथा बाँकी सात जिल्लाबाट एक–एक जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ९ : ३७ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा