२०८३, ११ कार्तिक बुधबार

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल


काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन हुन नसक्ने नेकपा एमालेकी सचिव पद्मा अर्यालले बताएकी छन्।

इतिहास, संघर्ष र वैचारिक निरन्तरतामाथि आधारित राजनीति नै दिगो हुने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव अर्यालले राज्य सञ्चालन व्यक्तिको अनुहार वा क्षणिक लोकप्रियतामा होइन, सुदृढ संगठन, लामो संघर्ष र स्पष्ट विचारमा आधारित हुनुपर्ने स्पष्ट पारेकी छन्।

उनले लेखेकी छन्, “नयाँ पुस्तालाई केही समय नयाँ अनुहार आकर्षक लाग्न सक्छ, तर राज्य चल्ने कुरा अनुहारले होइन-संघर्ष, संगठन र विचारले हो। कथित एकताको नाममा परिवर्तनकारी दलहरूलाई विस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन, कमजोर बनाउँछ।”

अर्यालका अनुसार राजनीतिक परिवर्तनको नाममा इतिहास र संघर्षको अवमूल्यन गर्नु लोकतान्त्रिक प्रणालीका लागि घातक हुन्छ। वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीबिना कुनै पनि शक्ति दीर्घकालीन रूपमा टिक्न नसक्ने उनले उल्लेख गरिन्।

उनले पार्टी नेतृत्व वैचारिक निरन्तरता, संगठन सुदृढीकरण र जनआधारित राजनीतिलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको पनि बताइन्।

राजनीतिक विश्लेषकहरूका अनुसार नेकपा एमालेको विचार–केन्द्रित रणनीति र बलियो संगठनात्मक संरचनाले पार्टीलाई स्थिर, जिम्मेवार र दीर्घकालीन राजनीतिक शक्तिका रूपमा स्थापित गर्दै आएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ९ : २७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता