२०८३, ३० भाद्र बुधबार

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा


काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई संकेत गर्दै आज देखिएका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रहरूको मूल जरो एउटै हुन सक्ने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले आज र हिजोका नयाँ पात्रहरूको स्वर र प्रवृत्ति मिल्न गए पनि त्यसलाई अनौठो मान्न नहुने बताएका छन्। उनका अनुसार यसको कारण एउटै कथा लेखक हुनु हो, जहाँ समय, सन्दर्भ र पात्र मात्रै फरक हुन्छन्।

बास्कोटाले शक्ति केन्द्रले आफ्ना नयाँ मिसन पूरा गर्न सधैँ नयाँ पात्रको खोजी गर्ने गरेको उल्लेख गरेका छन्। उनले उदाहरण दिँदै भनेका छन्, जसरी कुनै मालिकले हरेक वर्ष बढी नाफाका लागि नयाँ नोकर खोज्छ, ठीक त्यसैगरी शक्ति केन्द्रले पनि आफ्ना उद्देश्यअनुसार नयाँ पात्र अघि सार्ने गर्छ।

उनको यो अभिव्यक्तिलाई पछिल्लो समय देखिएका राजनीतिक गतिविधि, नयाँ नेतृत्वको उदय र बाह्य प्रभावसँग जोडेर अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ। एमाले नेता बास्कोटाको उक्त धारणा समसामयिक राजनीतिमा चलिरहेका बहससँग गाँसिएर विश्लेषण हुन थालेको छ।

बास्कोटाको फेसबुक स्ट्याटस यस्तो छ :
“मूल जरो खोज्दै जाँदा आजका नयाँ र हिजोका नयाँहरूको कल नसो एउटै नपरोस्। परेछ भने पनि खासै अनौठो यसर्थ हुँदैन कि कथा लेखक उनै हुन—केवल समय, सन्दर्भ र पात्र फरक हुन। शक्ति केन्द्र उसको नयाँ मिसनका लागि नयाँ पात्र खोज्छ, ठिक त्यसै गरी—जसरी मालिक हरेक साल बढी नाफाका लागि नयाँ नोकर खोज्छ।”

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  १० : ०५ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला