२०८३, ३ भाद्र बिहीबार

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा


काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गरेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ।

तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस महिनामा यो पर्व मनाउने चलन छ। पुस १५ पछि रात छोटिँदै जाने भएकाले पनि यस पर्वलाई विशेष महत्त्व दिने गरिन्छ।

तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यस अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले परम्परागत वेशभूषा, सांस्कृतिक नृत्य र परिकारसहित विशेष कार्यक्रम आयोजना गरेका छन्। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँको सहभागिता रहेको छ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : ४६ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती