२०८३, ११ कार्तिक बुधबार

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा


काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गरेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ।

तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस महिनामा यो पर्व मनाउने चलन छ। पुस १५ पछि रात छोटिँदै जाने भएकाले पनि यस पर्वलाई विशेष महत्त्व दिने गरिन्छ।

तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यस अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले परम्परागत वेशभूषा, सांस्कृतिक नृत्य र परिकारसहित विशेष कार्यक्रम आयोजना गरेका छन्। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा हजारौँको सहभागिता रहेको छ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : ४६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता