काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकिएको छ। निर्वाचन आयोगले निर्वाचन क्षेत्रको सुगमता र दुर्गमताअनुसार फरक–फरक खर्च सीमा निर्धारण गरेको हो।
आयोगका अनुसार काठमाडौंका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्। त्यस्तै १७ निर्वाचन क्षेत्रमा २७ लाख, ६५ निर्वाचन क्षेत्रमा २९ लाख, ५२ निर्वाचन क्षेत्रमा ३१ लाख र २६ निर्वाचन क्षेत्रमा बढीमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकिएको छ।
आयोगले उम्मेदवारले छुट्टै बैंक खाता खोली सोही खातामार्फत खर्च गर्नुपर्ने र निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण पेस गर्नुपर्ने जनाएको छ।






प्रतिक्रिया