२०८२, ५ माघ सोमबार

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले पहिलो चरणमा समानुपातिकतर्फका र त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छाप्ने जनाएको छ।

मतपत्र भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिनेछ। यसअघि नै आयोगले पुस १६ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने तालिका निर्धारण गरिसकेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फ सहभागी राजनीतिक दल र निर्वाचन चिह्न टुंगो लागिसकेकाले सुरुमा सोतर्फका मतपत्र छापिनेछन्। उनका अनुसार ५८ राजनीतिक दल र ६४ वटा निर्वाचन चिह्न एकिन भइसकेका छन्।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको आयोगले जनाएको छ। आयोगको नीतिअनुसार समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छापिनेछ।

समानुपातिकतर्फको मतपत्र छपाइमा २० देखि ३० दिन लाग्ने अनुमान गरिएको छ। उक्त काम सम्पन्न भएपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया सुरु गरिनेछ।

प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने सहायक प्रवक्ता जीसीले बताए। उनका अनुसार निर्वाचन क्षेत्रअनुसार दलको सहभागिता र निर्वाचन चिह्न फरक हुने भएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्र प्रत्यक्षतर्फको मतपत्र छापिनेछ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : २९ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा