२०८३, ८ भाद्र मंगलबार

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले पहिलो चरणमा समानुपातिकतर्फका र त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छाप्ने जनाएको छ।

मतपत्र भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिनेछ। यसअघि नै आयोगले पुस १६ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने तालिका निर्धारण गरिसकेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फ सहभागी राजनीतिक दल र निर्वाचन चिह्न टुंगो लागिसकेकाले सुरुमा सोतर्फका मतपत्र छापिनेछन्। उनका अनुसार ५८ राजनीतिक दल र ६४ वटा निर्वाचन चिह्न एकिन भइसकेका छन्।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको आयोगले जनाएको छ। आयोगको नीतिअनुसार समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छापिनेछ।

समानुपातिकतर्फको मतपत्र छपाइमा २० देखि ३० दिन लाग्ने अनुमान गरिएको छ। उक्त काम सम्पन्न भएपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया सुरु गरिनेछ।

प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने सहायक प्रवक्ता जीसीले बताए। उनका अनुसार निर्वाचन क्षेत्रअनुसार दलको सहभागिता र निर्वाचन चिह्न फरक हुने भएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्र प्रत्यक्षतर्फको मतपत्र छापिनेछ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : २९ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद