२०८३, २० आश्विन बुधबार

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति


आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत उनीहरूको वास्तविक चरित्र स्पष्ट रूपमा उदाङ्गो पारेको छ। सिंहदरबार तीन दिनसम्म जलिरहँदा राज्य संयन्त्र मात्र होइन, लोकतान्त्रिक चेतनासमेत धुवाँमा हराएको दृश्य नेपाली जनताले आफ्नै आँखाले देखेका थिए।

त्यही विध्वंसात्मक घटनाक्रमले आज देखिएको राजनीतिक ‘मिलन’को आधार तयार गर्‍यो। आफूलाई फरक, वैकल्पिक र नयाँ भनिने पात्रहरू अन्ततः एउटै ‘घण्टी’मुनि विलिन हुनु संयोग होइन; यो साझा उद्देश्यको परिणाम हो। राज्य कमजोर बनाउने, संस्थामाथि अविश्वास सिर्जना गर्ने र भीडको मनोविज्ञान प्रयोग गरेर सत्ता यात्राको आकांक्षा राख्ने एजेन्डामा उनीहरूको लय एउटै देखिन्छ। यस्ता प्रवृत्तिले देशलाई विखण्डनको गम्भीर मोडतर्फ धकेल्ने खतरा स्पष्ट छ।

आँखै अगाडि सिंहदरबार जलिरहँदा उत्सव मनाउने, हाँस्दै हेर्ने र त्यसलाई ‘जेन–जीको आक्रोश’ भन्दै वैधता दिन खोज्ने प्रवृत्तिले नेतृत्वको नैतिक धरातल कति कमजोर छ भन्ने प्रमाणित गरिसकेको छ। के यस्ता दृश्यहरू हामीले सहजै पत्याइदिनुपर्ने हुन्? के राज्य जल्नु पनि ‘नयाँ राजनीति’को सौन्दर्य हुन सक्छ?

विडम्बना के छ भने, हप्तादिन नबित्दै वरियतामा देखिएको गिरावटले सामाजिक सञ्जालमा निर्माण गरिएका कृत्रिम पद, हैसियत र छविको आयु कति क्षणिक हुन्छ भन्ने तथ्य पनि उजागर गरिदिएको छ। निर्वाचनको नतिजासम्म आइपुग्दा यी घोषित भूमिकाहरू के रूपमा बाँकी रहनेछन् भन्ने प्रश्न अझै अनुत्तरित नै छ।

राम्रो गर्नुहोस्का-मना गर्न सकिन्छ। तर अहिलेसम्म देखिएको शैली, व्यवहार र षड्यन्त्रको श्रृङ्खला हेर्दा एउटा कटु निष्कर्षतर्फ आँखा जान्छ। यस्ता प्रवृत्तिले लेख्न र भन्न खोजेको वाक्य अन्ततः एउटै देखिन्छ-
“म नेपाल जलेको हेर्न चाहन्छु।” यदि समयमै यस प्रवृत्तिलाई चिनिएन र सच्याइएन भने, जल्ने सिंहदरबार मात्र हुनेछैन-राज्य, संस्था र भविष्यप्रतिको नागरिक भरोसा पनि क्रमशः खरानीमा परिणत हुनेछ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  १० : ४७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको