२०८३, २० आश्विन बुधबार

मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा सःशुल्क विज्ञापन जनाउनुपर्ने

मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा सःशुल्क विज्ञापन जनाउनुपर्ने


काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सञ्चारमाध्यममार्फत् सीमित रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार टेलिभिजन, रेडियो तथा एफएमबाट २४ घण्टामा बढीमा चार पटक र प्रत्येक पटक एक मिनेटसम्म प्रचार सामग्री प्रसारण गर्न पाइनेछ। पत्रपत्रिकामा भने एक दिनमा कुनै एउटा पत्रिकामा मात्र चार कोलम × २५ सेन्टिमिटर उचाइसम्म प्रचार सामग्री छाप्न सकिनेछ।

अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, ब्यानर, कन्टेन्ट ब्लक लगायतका माध्यम प्रयोग गरी प्रचार गर्न पाइने भए पनि सबै सामग्रीमा ‘सःशुल्क विज्ञापन’ उल्लेख गर्न अनिवार्य गरिएको छ। प्रचार–प्रसारमा लागेको खर्च निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने र विदेशी सञ्चारमाध्यममार्फत प्रचार गर्न नपाइने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ११ : ३२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको