२०८३, १९ जेष्ठ बुधबार

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली


काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

गत भदौ २३ र २४ गते जेनजी (Gen-Z) समूहको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री रहेका ओली पदबाट अपदस्त भएका थिए। आन्दोलन उत्कर्षमा पुगेको भदौ २४ गते ओलीले बालुवाटारबाटै राजीनामा दिएका थिए। सोही दिन उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सरकारी निवासबाट बाहिरिएका थिए।

प्रधानमन्त्री पदबाट बाहिरिएपछि ओली पुनः बालुवाटार नपुगेका अवस्थामा आज पहिलोपटक उनी त्यहाँ पुगेका हुन्। उनको बालुवाटार आगमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, उनको भ्रमणको उद्देश्यबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

जेनजी आन्दोलन पछिल्लो समयको एक महत्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइन्छ, जसले तत्कालीन सरकार परिवर्तनको अवस्था सिर्जना गरेको थियो। सो आन्दोलनपछि राष्ट्रिय राजनीतिमा उत्पन्न नयाँ बहस र ध्रुवीकरण अझै पनि जारी रहेको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : २०८२, १२ पुस शनिबार  ३ : ५० बजे

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ