२०८३, १९ आश्विन मंगलबार

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम


काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको छ। शुक्रबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो।

शुक्रबार भने बिहान ८ः४५ बजे पुनः मापन गर्दा न्यूनतम तापक्रम घटेर ५.० डिग्री सेल्सियस पुगेको थियो। आज पनि आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे पुनः मापन गरिने मौसमविदले बताएका छन्। सो समयमा तापक्रम हालको भन्दा थप घट्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा हरेक दिन न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्दछ। महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ। सबैभन्दा कम मापन भएको तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी मापन भएको तापक्रमलाई अधिकतम तापक्रम मानिने मौसम महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२, १२ पुस शनिबार  ९ : १० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय