२०८३, ११ कार्तिक बुधबार

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक पार्टी गठन गर्ने विषयमा सहमति जुटाएका छन् । स्रोतका अनुसार, पार्टी निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ र शनिबार औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ ।

तीन नेताबीचको एकता अब चुनावी गठबन्धनको सन्दर्भमा नभई पूर्ण नयाँ पार्टीको रूपमा अघि बढेको छ। स्रोतहरूले दाबी गरे अनुसार यस प्रक्रियामा कुनै पद बाँडफाँड वा अन्य सर्त राखिएको छैन । एकीकृत पार्टीको अध्यक्षको रूपमा रवि लामिछाने रहनेछन् र पार्टीको चुनाव चिह्न ‘घण्टी’ नै रहनेछ। निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहका अनुसार, नयाँ पार्टी कांग्रेस, एमाले र नेकपाको गठबन्धनसँग प्रतिस्पर्धात्मक विकल्प प्रदान गर्नेछ।

सिंहले थपे, “यदि नयाँ पार्टी एउटै भएर निर्वाचनमा अघि बढ्छ भने प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनसक्छ। वर्तमान अवस्थामा यसको सम्भावना पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन।”

प्रकाशित मिति : २०८२, ११ पुस शुक्रबार  ४ : ३२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता