२०८३, २० आश्विन बुधबार

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक पार्टी गठन गर्ने विषयमा सहमति जुटाएका छन् । स्रोतका अनुसार, पार्टी निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ र शनिबार औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ ।

तीन नेताबीचको एकता अब चुनावी गठबन्धनको सन्दर्भमा नभई पूर्ण नयाँ पार्टीको रूपमा अघि बढेको छ। स्रोतहरूले दाबी गरे अनुसार यस प्रक्रियामा कुनै पद बाँडफाँड वा अन्य सर्त राखिएको छैन । एकीकृत पार्टीको अध्यक्षको रूपमा रवि लामिछाने रहनेछन् र पार्टीको चुनाव चिह्न ‘घण्टी’ नै रहनेछ। निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहका अनुसार, नयाँ पार्टी कांग्रेस, एमाले र नेकपाको गठबन्धनसँग प्रतिस्पर्धात्मक विकल्प प्रदान गर्नेछ।

सिंहले थपे, “यदि नयाँ पार्टी एउटै भएर निर्वाचनमा अघि बढ्छ भने प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनसक्छ। वर्तमान अवस्थामा यसको सम्भावना पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन।”

प्रकाशित मिति : २०८२, ११ पुस शुक्रबार  ४ : ३२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको