२०८२, ११ पुस शुक्रबार

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीचको राजनीतिक संवाद अब निर्णायक मोडमा पुगेको छ। पार्टी एकता वा सहकार्यबारे आज रातिसम्म ठोस टुंगो नलागे अलग–अलग बाटो रोजिने निश्चितजस्तै भएको निकट स्रोतले जनाएको छ।

पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातमा कडा सौदाबाजी भइरहेको छ। रास्वपाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची प्रस्ताव गरेको छ भने नेतृत्वक्रम र भावी सत्ता संरचनाबारे स्पष्ट सहमति खोजिँदैछ। स्रोतका अनुसार बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने प्रतिबद्धतामा रवि कायम छन्।

यसअघि संवाद बिग्रँदै गएपछि बालेनले वैकल्पिक राजनीतिक मोर्चा बनाउने तयारी थालेका थिए, जसले रविमाथि दबाब बढाएको छ। आजको छलफलले नयाँ शक्तिहरूको एकता हुन्छ कि अन्तिम विच्छेद, त्यसको फैसला गर्नेछ।

प्रकाशित मिति : २०८२, ११ पुस शुक्रबार  १२ : १२ बजे

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने