२०८२, ५ माघ सोमबार

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता आगामी निर्वाचन भएको स्पष्ट गर्दै त्यसका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

निवासमै भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलसँगको भेटमा सभापति देउवाले कांग्रेस औपचारिक रूपमा चुनावमा जाने निर्णय गरिसकेको जानकारी गराउँदै सरकारले अझैसम्म निष्पक्ष र विश्वसनीय निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गरे।

‘कांग्रेसले औपचारिक रूपमा चुनावमा जाने निर्णय गरिसकेको छ,’ देउवाले भने, ‘अब सरकारको दायित्व शान्तिपूर्ण र निष्पक्ष चुनावका लागि आवश्यक वातावरण निर्माण गर्नु हो।’

भेटका क्रममा राजनीतिक स्थायित्व, लोकतान्त्रिक प्रक्रिया र निर्वाचनको विश्वसनीयतासम्बन्धी विषयमा छलफल भएको बताइएको छ। देउवाले राज्य संयन्त्रको दुरुपयोग र राजनीतिक हस्तक्षेपले निर्वाचन प्रक्रियामा असर पर्न सक्ने संकेतसमेत गरेका छन्।

यसैबीच, सञ्चारमन्त्री खरेलले राजनीतिक दलका कार्यालय अनुगमन तथा शीर्ष नेताहरूसँग भेटघाट गर्दै चुनावी वातावरण निर्माणका लागि संवाद अघि बढाइरहेका छन्। मन्त्री खरेलले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सरकार र प्रमुख राजनीतिक दलबीच भइरहेको संवादलाई आगामी निर्वाचनको तयारीसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २०८२, ११ पुस शुक्रबार  १२ : ०५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा