२०८३, २० आश्विन बुधबार

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता आगामी निर्वाचन भएको स्पष्ट गर्दै त्यसका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

निवासमै भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलसँगको भेटमा सभापति देउवाले कांग्रेस औपचारिक रूपमा चुनावमा जाने निर्णय गरिसकेको जानकारी गराउँदै सरकारले अझैसम्म निष्पक्ष र विश्वसनीय निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गरे।

‘कांग्रेसले औपचारिक रूपमा चुनावमा जाने निर्णय गरिसकेको छ,’ देउवाले भने, ‘अब सरकारको दायित्व शान्तिपूर्ण र निष्पक्ष चुनावका लागि आवश्यक वातावरण निर्माण गर्नु हो।’

भेटका क्रममा राजनीतिक स्थायित्व, लोकतान्त्रिक प्रक्रिया र निर्वाचनको विश्वसनीयतासम्बन्धी विषयमा छलफल भएको बताइएको छ। देउवाले राज्य संयन्त्रको दुरुपयोग र राजनीतिक हस्तक्षेपले निर्वाचन प्रक्रियामा असर पर्न सक्ने संकेतसमेत गरेका छन्।

यसैबीच, सञ्चारमन्त्री खरेलले राजनीतिक दलका कार्यालय अनुगमन तथा शीर्ष नेताहरूसँग भेटघाट गर्दै चुनावी वातावरण निर्माणका लागि संवाद अघि बढाइरहेका छन्। मन्त्री खरेलले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सरकार र प्रमुख राजनीतिक दलबीच भइरहेको संवादलाई आगामी निर्वाचनको तयारीसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २०८२, ११ पुस शुक्रबार  १२ : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको