२०८२, ५ माघ सोमबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक बुधबार ९ पुस दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ। पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका संशोधनको तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ।

१५ औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र जिल्ला अधिवेशनको मिति पुनः निर्धारण गर्ने विषयमा पार्टीभित्र फरक–फरक मत देखिएको छ। संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने २६ पुसमै वडा अधिवेशन गर्नुपर्ने अडानमा रहेको स्रोतको भनाइ छ।

महाधिवेशन कार्यतालिकाबारे पार्टीभित्र देखिएको मतभेदलाई व्यवस्थापन गर्ने र सहमतिमा पुग्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  १ : ४९ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा