२०८३, २० आश्विन बुधबार

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव


काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक आज बसेको छ। काठमाडौंमा सम्पन्न बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।

बैठकमा महासचिव शंकर पोखरेलले संगठनात्मक तथा नीतिगत विषयसम्बन्धी विभिन्न प्रस्तावहरू पेश गर्नुभएको छ। ती प्रस्तावहरूमध्ये पार्टी नेताहरूको कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई दिने प्रस्ताव प्रमुख रूपमा समावेश गरिएको छ। प्रस्तावअनुसार अब केन्द्रीय नेताहरूलाई कुन जिम्मेवारी दिने भन्ने विषय १९ सदस्यीय सचिवालयले टुंगो लगाउनेछ। यसअघि केन्द्रीय कमिटीबाट हुने कार्यविभाजनलाई थप प्रभावकारी र गतिशील बनाउन सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने उद्देश्यसहित यो प्रस्ताव ल्याइएको जनाइएको छ।

बैठकमा अर्को केन्द्रीय कमिटी बैठक तीन सातापछि पुनः बस्ने निर्णयसमेत गरिएको छ। त्यस्तै, केन्द्रीय निकायअन्तर्गत रहने गरी सल्लाहकार परिषद गठन गर्ने प्रस्ताव पनि बैठकमा राखिएको छ। प्रस्तावित परिषद कम्तीमा २५ सदस्यीय हुने उल्लेख गरिएको छ।

यसैगरी, पार्टी विधान संशोधन तथा परिमार्जन गरी पुनः प्रकाशन गर्ने प्रस्ताव पनि अघि सारिएको छ। एमालेको ११औँ महाधिवेशन उद्घाटन भइसकेपछि बन्दसत्र सुरु हुनुअघि नै बसेको केन्द्रीय कमिटी बैठकले पुरानै विधानलाई अस्थायी रूपमा ब्युँताएको थियो। सोही निर्णयअनुसार सचिवालय र केन्द्रीय कमिटीको आकार विस्तार गरिएको थियो।

प्रकाशित मिति : २०८२, ४ पुस शुक्रबार  ८ : ०२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको