२०८२, ५ माघ सोमबार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। यसका लागि प्रदेशसभा सचिवालयले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ।

प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाका अनुसार बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यसूची तय गरिएको छ। यससम्बन्धी सूचना प्रदेशसभा सचिवालयले सबै सांसदहरूलाई पठाइसकेको छ।

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै विश्वासको मतका लागि बैठक बोलाउन अनुरोध गरेका थिए। सोही अनुरोधअनुसार आजको बैठक आह्वान गरिएको हो।

यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

संविधानअनुसार मुख्यमन्त्रीले पदभार ग्रहण गरेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सो संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ पुस शुक्रबार  ११ : २४ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा