२०८३, ३० भाद्र बुधबार

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील


भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतान्त्रिक व्यवस्थाप्रति घृणा फैलाउँदै दिशाहीन राजनीति गर्न खोज्ने प्रवृत्तिप्रति सबै लोकतान्त्रिक शक्तिलाई खबरदारी गर्न अपील गर्नुभएको छ।

प्रेस चौतारी नेपालका प्रतिनिधिहरूसँग भक्तपुरको गुन्डुस्थित निवासमा बिहीबार साँझ भएको भेटघाटमा अध्यक्ष ओलीले जेन–जी पुस्ताको आन्दोलनबाट नाजायज फाइदा उठाउँदै दलबिहीन र गन्तव्यविहीन राजनीतितर्फ मुलुकलाई धकेल्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

‘प्रतिस्पर्धात्मक लोकतान्त्रिक राजनीति र मतदानमार्फत प्रतिनिधि छनोट हुने व्यवस्थाप्रति घृणा फैलाउने यो कस्तो गन्तव्य हो ? यस्तो दिशाहीन राजनीति कसैले गर्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘यसविरुद्ध आम पार्टी पंक्ति र सम्पूर्ण लोकतान्त्रिक शक्तिले खबरदारी गर्नुपर्छ।’

राजनीतिक दलका झण्डा देश बचाउनका लागि उठाइने भन्दै अध्यक्ष ओलीले दलबिहीन राजनीतिप्रति किन घृणा फैलाइँदैछ भन्ने प्रश्न गर्नुभयो। ‘विवेकशून्य र क्षतिग्रस्त लक्ष्यले अराजकताको पैरवी मात्र गर्छ,’ उहाँले भन्नुभयो, ‘दलीय व्यवस्था र लोकतन्त्रप्रति घृणा फैलाएर अर्को कुन व्यवस्था चाहिएको हो ?’

जेन–जी पुस्ताको नाममा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरिएको दाबीप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीले जेन–जीका मागहरू जायज रहेको उल्लेख गर्नुभयो। ‘भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैको विमति छैन,’ उहाँले भन्नुभयो, ‘तर राष्ट्रिय झण्डा ओडेर सिंहदरबार जलाउने, निर्वाचित नेतृत्वमाथि अमानवीय व्यवहार गर्ने काम जेन–जी पुस्ताबाट हुन सक्दैन।’

सामाजिक सद्भाव भड्काउने, प्रतिशोधपूर्ण अभिव्यक्तिबाट मूल्य–मान्यता समाप्त पार्ने प्रयास भइरहेको भन्दै उहाँले सांस्कृतिक धरोहर ध्वस्त पार्नु सांस्कृतिक विचलनको संकेत भएको बताउनुभयो।

‘आज समाज आतंकित बनाइएको छ। सार्वजनिक सम्पत्ति र जनधनको क्षति पुर्‍याउने व्यक्तिबाटै जनता त्रसित छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै दल वा व्यक्तिप्रति समर्थन गर्‍यौ भने घर जलाइदिन्छु, कुटपिट गर्छु भन्ने धम्की समाजमा फैलाइएको छ। यस्तो प्रवृत्तिलाई तत्काल रोक्नुपर्छ र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।’

अहिलेसम्मकै ठूलो क्षति मुलुकले बेहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष ओलीले यसले देशलाई विकासमा कम्तीमा चौथाइ शताब्दी पछाडि धकेलेको बताउनुभयो। ‘अब खरानीबाट उठेर सुधार गर्दै अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘आउँदो पुस्ताले सुख र समृद्धिमा बाँच्न पाउनुपर्छ।’

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा उभिँदा आफूले अपमान सहनु परेको स्मरण गर्दै अध्यक्ष ओलीले कवि रविन्द्रनाथ ट्यागोरको ‘एक्ला चलो रे’ कविताको भाव उद्धृत गर्नुभयो। ‘सत्यमा एक्लै भए पनि उभिनुपर्छ, सत्य चिरस्थायी हुन्छ,’ उहाँले भन्नुभयो।

प्रकाशित मिति : २०८२, ३ पुस बिहीबार  ७ : ०२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला