२०८३, ३० भाद्र बुधबार

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)


काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार काठमाडौंमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सर्वप्रथम शपथ ग्रहण गरेपछि उनले पार्टीका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहबाट बनेका उम्मेदवारहरूको स्पष्ट वर्चश्व देखिएको छ।

एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेलको प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। मतदानपछि सार्वजनिक परिणामले ओली समूहको बहुमत पुष्टि गरेको छ।

शपथ ग्रहणसँगै एमालेको नयाँ नेतृत्व औपचारिक रूपमा कार्यभार सम्हाल्ने चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २०८२, ३ पुस बिहीबार  ६ : ३६ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला