२०८२, ३ पुस बिहीबार

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना जारी रहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरुआती अग्रता लिएका छन्।

मतगणनाको पछिल्लो विवरणअनुसार ओलीले १५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत पाएका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनलाई पार्टीभित्रको भावी नेतृत्व र संगठनात्मक दिशानिर्देशनका हिसाबले महत्वपूर्ण मानिएको छ। प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिताबीच मतगणना शान्तिपूर्ण रूपमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षसहित अन्य पदहरूको मतगणनाको नतिजा क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

अध्यक्ष

  • केपी शर्मा ओली : १५६
  • ईश्वर पोखरेल : ६७

उपाध्यक्ष

  • अरुण नेपाल : ३८
  • गुरु प्रसाद बराल : १०९
  • गोकर्ण राज विष्ट : १३३
  • टंक प्रसाद कार्की : ४३
  • पर्शुराम मेघी गुरुङ : ४७
  • पृथ्वी सुव्वा गुरुङ : १७१
  • भीम प्रसाद आचार्य : २७
  • रघुजी पन्त : १२३
  • रामबहादुर थापा ‘बादल’ : १५३
  • विन्दा पाण्डे : ९८
  • विष्णु प्रसाद पौडेल : १७३

महासचिव

  • शंकर पोख्रेल : ११५
  • सुरेन्द्र प्रसाद पाण्डे : १०८

उपमहासचिव

  • आनन्द प्रसाद पोख्रेल : ७१
  • योगेश भट्टराई : १४०
  • रघुवीर महासेठ : १२६
  • राजेन्द्र प्रसाद गौतम : २६
  • लेखराज भट्ट : १४७
  • विष्णु प्रसाद रिमाल : १०५
  • वैजनाथ चौधरी : ५४

सचिव

  • अग्नि प्रसाद खरेल : ७७
  • इन्द्रलाल साप्कोटा : ४१
  • कर्णबहादुर थापा : ९३
  • कृष्ण गोपाल श्रेष्ठ : ५९
  • खगराज अधिकारी : १३२
  • गोकुल प्रसाद बास्कोटा : १०४
  • छविलाल विश्वकर्मा : १४५
  • ठाकुर प्रसाद गैरे : ९३
  • पद्मा कुमारी अर्याल : १५२
  • पुरुषोत्तम पौडेल : ५९
  • पेम्बा लामा : ५०
  • भानुभक्त ढकाल : १०७
  • महेश बस्नेत : १५०
  • यमलाल कडेल : —
  • रचना खड्का : ८३
  • राजन भट्टराई : ११३
  • लाल बाबु पण्डित : ७३
  • विनोद प्रसाद ढकाल : ८२
  • शेरधन राई : १४१
  • हिक्मत कुमार कार्की : १३८

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ। बाँकी मत गणना सकिएसँगै औपचारिक घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।

messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

प्रकाशित मिति : २०८२, ३ पुस बिहीबार  १० : ३६ बजे

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम