२०८३, २० आश्विन बुधबार

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन


काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो। बन्दसत्रको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई सम्बोधन गरिरहेका छन्।

आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण ढिलो गरी दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो।

यसअघि शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याउने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन संरचनामा संशोधन गर्दै केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटीलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक संरचना, नेतृत्व चयन प्रक्रिया तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २८ मंसिर आईतबार  ३ : ४७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको