२०८३, ३० भाद्र बुधबार

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन


काठमाडौं नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो। बन्दसत्रको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई सम्बोधन गरिरहेका छन्।

आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण ढिलो गरी दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो।

यसअघि शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याउने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन संरचनामा संशोधन गर्दै केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटीलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक संरचना, नेतृत्व चयन प्रक्रिया तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २८ मंसिर आईतबार  ३ : ४७ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला