२०८३, २० आश्विन बुधबार

श्रीमतीको हत्या गरी शव गाडेपछि आफैं प्रहरीमा हराएको निवेदन, श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी शव गाडेपछि आफैं प्रहरीमा हराएको निवेदन, श्रीमान पक्राउ


संखुवासभा । संखुवासभामा आफ्नी श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्।

मादी नगरपालिका–६ निवासी ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार प्रेम दोर्चीले मंसिर ९ गते श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। निवेदनपछि घटनाबारे अनुसन्धान सुरु गर्दा उनी स्वयं शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा प्रेमले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंसिर ९ गते राति करिब साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दम्पतीबीच विवाद भएको र सोही क्रममा कुटपिट गरी मिना शेर्पाको हत्या गरिएको हो।

हत्या गरेपछि शवलाई त्रिपालमा बेरेर आफ्नै अलैंची बारीमा खाल्डो खनी गाडेको बयान उनले दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट शव उत्खनन गरेको थियो। शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रेम दोर्ची शेर्पामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, २८ मंसिर आईतबार  ३ : ३८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको