२०८२, २६ मंसिर शुक्रबार

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो


काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको योगफल बनायो। लुम्बिनीका ओपनर डार्शी सर्टले उत्कृष्ट ब्याटिङ गर्दै सबैभन्दा धेरै ४५ रन जोडे। उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सुरुवाती चरणमा दिनेश अधिकारी १ रनमै आउट भए पनि सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी निर्माण गरे। रोहितले ३० बलमा ३४ रन बनाए।

विकेटकिपर निरोशन डिकवेलाले पनि प्रभावकारी योगदान दिंदै २२ बलमा ४ चौकासहित २९ रन जोड्ने काम गरे। तर मध्यम तथा तल्लो क्रमले लय समाउन सकेन। सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट भए भने दिलीपन नाथ १ रनमै फर्किए। शेर मल्लले ७ रन जोडे।

पहिलो १० ओभरमा ६९/१ को अवस्थामा रहेको लुम्बिनीले दोस्रो १० ओभरमा थप ७ विकेट गुमाउँदै ६५ रन मात्र जोड्न सकेको थियो। विराटनगरका बलरहरूले कडाइका साथ बलिङ गरे। सुभाष भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। प्रतिश जिसीले ४ ओभरमा २५ रन दिएर ३ विकेट हात पारे। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।

अब यो खेलको विजेता फाइनल पुगेपछि उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : ३६ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ