२०८३, ८ भाद्र मंगलबार

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट


काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र पार्टीको हितलाई पद र व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

देश वर्तमानमा गहिरो आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै सचिव भट्टले बेरोजगारी, आर्थिक असमानता, सुशासनको अभाव र प्रशासनिक कमजोरीका कारण जनता पीडामा रहेको बताउनुभयो। यस्तो अवस्थामा एमालेको भूमिका अझ जिम्मेवार र ऐतिहासिक भएको उहाँको भनाइ छ।

“नेकपा एमाले मजदुर, किसान र मध्यम वर्गको साझा राजनीतिक मञ्च हो। जनताको शक्ति एकताबद्ध गर्दै सामाजिक न्याय र राष्ट्रिय हितको रक्षा गर्नु हाम्रो मुख्य दायित्व हो,” भट्टले भन्नुभयो। उहाँले पार्टीभित्र संगठनात्मक एकता र अनुशासन कायम गर्दै जनता केन्द्रित नीति र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

सचिव भट्टले पद र व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर देश, जनता र पार्टीको हितमा काम गर्नु नै साँचो क्रान्तिकारी आचरण भएको उल्लेख गर्नुभयो। नेतृत्वको मार्गदर्शनअनुसार काम गर्दै सदस्य र प्रतिनिधिको सम्मान, अधिकार र सुविधा सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उहाँको धारणा छ।

नेतृत्व प्रक्रियाबारे स्पष्ट पार्दै उहाँले नेतृत्व छलफल र निर्णयमा आधारित हुने बताउनुभयो। “छलफलमा विचार निर्माण हुन्छ, निर्णय भएपछि दृढतापूर्वक कार्यान्वयन हुनुपर्छ,” उहाँले भन्नुभयो।

आगामी ११औँ महाधिवेशनले पार्टीको एकता, समावेशिता र जनचेतनालाई थप मजबुत बनाउँदै नेकपा एमालेको यात्रालाई देश र जनता केन्द्रित क्रान्तिकारी अभियानको रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै भट्टले पद होइन सेवा र स्वार्थ होइन प्रतिबद्धता नै एमालेको मूल मूल्य भएको स्पष्ट गर्नुभयो।

प्रकाशित मिति : २०८२, २३ मंसिर मंगलबार  ७ : ३२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र