२०८३, २९ भाद्र मंगलबार

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा


काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा हरेक नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–जैसीथोकमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री थापाले नेपालमा अझै पनि स्वास्थ्य र शिक्षा क्षेत्र सरकार तथा नागरिकको प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्नुभयो । प्रभावकारी लगानी बिना यी क्षेत्रबाट देशले समृद्धि हासिल गर्न नसक्ने उहाँको भनाइ थियो ।

“स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच पुग्ने गरी वाग्मती प्रदेश सरकारले नयाँ–नयाँ कार्यक्रम अघि सारेको छ,” मन्त्री थापाले भन्नुभयो । उहाँले भौतिक संरचनालाई मात्र विकास मान्ने सोचका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन हुन नसकेको पनि बताउनुभयो ।

प्रदेश सरकारले स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले वाग्मतीका सबै प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिएको बताउनुभयो । यसले उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता क्रमशः हट्दै गएको उहाँको भनाइ छ ।

मन्त्री थापाका अनुसार वाग्मती प्रदेशका १० वटा प्रादेशिक अस्पतालमा मिर्गौला डायलाइसिस, हाड–जोर्नी उपचार, शल्यक्रिया तथा प्रसूति सेवासहितका विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा आएका छन् । साथै, “एक जिल्ला–एक स्वास्थ्य सहर” र “एक पालिका–एक नमुना स्वास्थ्य चौकी” कार्यक्रम सुरु गरिएको छ ।

वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको उल्लेख गर्दै उहाँले संस्थागत सुत्केरी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको बताउनुभयो । गर्भवती महिलालाई नजिकको प्रादेशिक अस्पतालमै सुत्केरी गराउन आग्रह गर्दै यसले मातृ तथा शिशु मृत्युदर घटाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्साल, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइबा, उपप्रमुख विष्णुमणि नेपाल, जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपती लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

यसअघि रहेको स्वास्थ्य चौकी भवनलाई सबलीकरण तथा मर्मतसम्भार गरी पुनर्निर्माण गरिएको हो । नगरपालिकाका अनुसार भवन सबलीकरणमा १२ लाख ३६ हजार रुपैयाँ खर्च गरिएको छ ।

प्रकाशित मिति : २०८२, २३ मंसिर मंगलबार  ७ : १४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक