२०८२, २२ मंसिर सोमबार

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए


दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला परेका छन्।

लमहीस्थित होटल अर्घाखाँची एण्ड लज का सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नै होटलको कोठाभित्र मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख इन्सपेक्टर रोशनराज पाण्डेका अनुसार खनाल बसोबास गर्दै आएको कोठाभित्रै आज बिहान मृत अवस्थामा फेला परेका हुन्। तीनतले होटलको पहिलो तलामा खनाल परिवारसहित बस्दै आएको र सोही तलाको कोठाभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक घटनास्थलको प्रकृति हेर्दा आत्महत्या गरेको जस्तो देखिएको इन्सपेक्टर पाण्डेले जानकारी दिए। उनका अनुसार कोठा भित्रबाट बन्द रहेको अवस्थामा खनाल फेला परेकाले आत्महत्याको आशङ्का गरिएको हो।

घटनाबारे थप अनुसन्धानका लागि मुचुल्का उठाएर प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ४६ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला