२०८२, २२ मंसिर सोमबार

उपत्यकाबाहिरबाट आउने एमाले महाधिवेशन प्रतिनिधिको बास कार्यकर्ताको घरमा

उपत्यकाबाहिरबाट आउने एमाले महाधिवेशन प्रतिनिधिको बास कार्यकर्ताको घरमा


काठमाडौं। नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन उपत्यकाबाहिरबाट आउने प्रतिनिधिका लागि छुट्टै आवास व्यवस्था नगरेको स्पष्ट पारेको छ।

एमाले सम्पर्क समन्वय कमिटीले बसोबास तथा खानपानमा समस्या हुने प्रतिनिधिलाई पार्टीका नेता तथा कार्यकर्ताको घर र कोठामै बासको प्रबन्ध गरिएको जनाएको छ।

सम्पर्क समन्वय कमिटीका सचिव आरसी लामिछानेका अनुसार प्रतिनिधिका लागि बेग्लै आवासको व्यवस्था गरिएको छैन। तर, टाढा–टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खान समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको छ। उनले त्यस्ता प्रतिनिधिहरूको विवरण संकलन भइरहेको पनि जानकारी दिए।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन उपत्यकाबाहिरबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन्।

महाधिवेशनमा करिब दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि न्यून तोकिएको छ। आयोजक प्रतिनिधिका लागि तीन हजार रुपैयाँ र निर्वाचित प्रतिनिधिका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ।

महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा गर्ने तयारी गरिएको छ भने बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एमालेले जनाएको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ३८ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला