२०८२, २८ चैत्र आईतबार

एनपीएल क्रिकेटमा आज दुई खेल

एनपीएल क्रिकेटमा आज दुई खेल


काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुनेछन्।

पहिलो खेल जनकपुर बोल्ट्सचितवन राइनोज बीच काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुनेछ।

चितवन राइनोज यसअघि ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेर प्लेअफको सम्भावना बचाइरहेको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो। त्यसपछि विराटनगरलाई हराएपछि काठमान्डु गोर्खाजसँग पराजित भयो। आजको खेल जितेमा चितवनको प्लेअफ सम्भावना अझ मजबुत हुनेछ। चितवनले त्यसपछि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। यदि चितवन सबै खेल जित्छ भने प्लेअफमा स्थान पक्का हुनेछ।

अर्कोतर्फ जनकपुर बोल्ट्स ४ खेलमा कुनै पनि खेल जित्न सकेको छैन। जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ। आजको खेल जितेमा जनकपुरको प्लेअफ सम्भावना भने गणितीय हिसाबले जीवित रहनेछ। पराजित भएमा जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ।

अर्को खेल अपराह्न ४ बजे हुने छ, जसमा पोखरा एभेन्जर्सकर्णाली याक्स भिड्नेछन्। पोखरा र कर्णालीका लागि पनि यो खेल महत्त्वपूर्ण छ। पोखराले ४ खेलमा १ जित मात्र निकालेको छ, र यो खेल जितेर प्लेअफको यात्रा सहज बनाउन चाहन्छ। कर्णाली याक्सले पनि ५ खेलमा १ मात्र जितेको छ र यदि आजको खेलमा पराजित भएमा उनीहरू प्रतियोगिताबाट बाहिरिनेछन्।

प्रकाशित मिति : २०८२, १६ मंसिर मंगलबार  ९ : १४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४