२०८२, ५ माघ सोमबार

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता गर्ने योजनालाई संस्थापन पक्षले तीव्र पारेको छ। महाधिवेशनको मिति टुंग्याउने उद्देश्यले आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूबीच विस्तृत छलफल भएको हो।

छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहभागी थिए। बैठकमा पुस २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको सहभागी एक नेताले बताए।

उनका अनुसार, “२७ गतेबाट महाधिवेशन सुरु गर्नेगरी कार्यतालिका ल्याउने छलफल भएको छ। अब कार्यबाहक सभापतिले प्रस्ताव केन्द्रीय समितिमा लैजानुहुन्छ,” भन्ने निष्कर्ष आएकाे छ।

यसअघि महाधिवेशनको तिथि र प्रक्रियामा सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। स्थगित बैठक भोलि (सोमबार) बस्ने तय भएको छ।

उता, इतर समूहले भने संस्थापन पक्षले ल्याउने कार्यतालिका अध्ययन गरेपछि मात्र आफ्नो धारणा स्पष्ट गर्ने जनाएको छ। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र आन्तरिक सहमतिको प्रयास निरन्तर जारी छ।

प्रकाशित मिति : २०८२, १४ मंसिर आईतबार  ६ : ५६ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा