२०८३, २० आश्विन बुधबार

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता गर्ने योजनालाई संस्थापन पक्षले तीव्र पारेको छ। महाधिवेशनको मिति टुंग्याउने उद्देश्यले आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूबीच विस्तृत छलफल भएको हो।

छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहभागी थिए। बैठकमा पुस २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको सहभागी एक नेताले बताए।

उनका अनुसार, “२७ गतेबाट महाधिवेशन सुरु गर्नेगरी कार्यतालिका ल्याउने छलफल भएको छ। अब कार्यबाहक सभापतिले प्रस्ताव केन्द्रीय समितिमा लैजानुहुन्छ,” भन्ने निष्कर्ष आएकाे छ।

यसअघि महाधिवेशनको तिथि र प्रक्रियामा सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। स्थगित बैठक भोलि (सोमबार) बस्ने तय भएको छ।

उता, इतर समूहले भने संस्थापन पक्षले ल्याउने कार्यतालिका अध्ययन गरेपछि मात्र आफ्नो धारणा स्पष्ट गर्ने जनाएको छ। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र आन्तरिक सहमतिको प्रयास निरन्तर जारी छ।

प्रकाशित मिति : २०८२, १४ मंसिर आईतबार  ६ : ५६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको