२०८३, ८ भाद्र मंगलबार

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल


काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको तयारी सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेकी छन्।

प्रधानमन्त्री कार्कीसँगको भेटका लागि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोबिता गौतम बालुवाटार पुगेका थिए। बैठकमा आगामी निर्वाचन, राजनीतिक वातावरण र सरकारको तयारीबारे विस्तृत कुरा भएको बताइएको छ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकारले भयरहित, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। निर्वाचन सुरक्षादेखि व्यवस्थापनसम्म आवश्यक पूर्वतयारी तीव्रगतिमा भइरहेको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक सहभागी रास्वपा नेताले जानकारी दिए।

रास्वपाका नेताहरूले पनि निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने र आवश्यक परे सरकारले गर्ने व्यवस्थापन तथा समन्वयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय आगामी निर्वाचनका तयारीलाई गति दिन विभिन्न दलका शीर्ष नेताहरूसँग निरन्तर परामर्श गरिरहेकी छन्। शनिबार नै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग पनि बालुवाटारमा छलफल गरेकी छन्।

प्रकाशित मिति : २०८२, १३ मंसिर शनिबार  ८ : २२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र