२०८२, १ फाल्गुन शुक्रबार

हेटौंडा-९ मा स्थानीयको अवरोधपछि सडक नापजाँच रोकियो, पुरानो सडक कायम गर्न माग

हेटौंडा-९ मा स्थानीयको अवरोधपछि सडक नापजाँच रोकियो, पुरानो सडक कायम गर्न माग


हेटौंडा । २५/२५ मिटर सडक विस्तारको तयारी स्वरूप डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा–९ क्षेत्रमा सडक नापजाँच तथा रेखाङ्कन गर्ने कार्य अघि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गरेपछि काम रोकिएको छ ।

मास्टरचोकबाट कर्रा पुलसम्मको क्षेत्रमा हिजो बिहान सुरु गरिएको रेखाङ्कन कार्यलाई स्थानीयले रोक्का लगाएका थिए । उनीहरूले क्षतिपूर्ति बिना संरचना हटाउन नहुने, पुरानो नक्साअनुसार सडक पुनस्र्थापना हुनुपर्ने, तथा सडक नापजाँच अघि स्पष्ट मुब्जा (मोहडा) नदिइएको भन्दै आपत्ति जनाए।

स्थानीय बासिन्दाहरूले आफूहरू ‘विकास विरोधी होइन’ तर वैधानिक प्रक्रिया र क्षतिपूर्तिको व्यवस्था नगरी घर–व्यवसायमा धावा बोल्न नदिने बताए । उनीहरूका अनुसार सडक विस्तारका नाममा पछिल्ला वर्षमा पटक–पटक नक्सा परिवर्तन गरिएको आरोप पनि छ।

अवरोधपछि सडक डिभिजन कार्यालयका प्राविधिक तथा प्रशासनका प्रतिनिधि र स्थानीयबीच अस्थायी छलफल भएको भए पनि नापजाँच र रेखाङ्कन कार्य भने अघि बढ्न सकेन।

यसअघि सडक विस्तार टास्कफोर्स फिल्डमा आएपछि हेटौंडाका सडकछेउका बासिन्दाले आफूहरूलाई उचित क्षतिपूर्ति र विकल्पबिना संरचना भत्काउन बाध्य पारिएको गुनासो गरेका थिए।

डिभिजन सडक कार्यालय हेटौंडाले अतिक्रमित स्थायी तथा अस्थायी संरचना हटाउने पूर्वतयारीका रूपमा बिहीबारदेखि रेखाङ्कन र रंग लगाउने काम सुरु गरेको थियो। तर स्थानीय अवरोध बढेपछि प्रशासन र सडक डिभिजनले परिस्थितिको पुनर्मूल्यांकन गर्दै काम स्थगित गर्नुपरेको हो।

सडक डिभिजनले भने आगामी दिनमा सबै पक्षसँग सहमति जुटाएर पुनः नापजाँच अघि बढाउने तयारी भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १२ मंसिर शुक्रबार  १० : ३० बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको