२०८३, २० आश्विन बुधबार

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने


काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने भएको छ।

महाधिवेशन व्यवस्थापन सचिवालयको आज बसेको बैठकले उद्घाटन तथा बन्दसत्रका स्थल टुंगो लगाएको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अब उद्घाटन कार्यक्रम सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने निर्णय भएको छ।

एमालेले यसअघि २७ देखि २९ मंसिरसम्म एघारौँ महाधिवेशन गर्ने योजना सार्वजनिक गरेको थियो। प्रारम्भमा पोखरामा आयोजना गर्ने निर्णय भए पनि पछि स्थान परिवर्तन गरी काठमाडौं उपत्यकामा गर्ने निर्णयमा पुगेको थियो।

प्रकाशित मिति : २०८२, १० मंसिर बुधबार  १ : ०९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको