२०८३, १९ आश्विन मंगलबार

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ


विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका दुई र इलामका एक व्यक्ति रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दमक–८ का २५ वर्षीय सरोज पुरीको कोठाबाट लुटिएको टाइप–५४ पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको थियो। सोधपुछमा पुरीले पेस्तोल आफ्ना साथी विश्व लिङ्देनलाई दिएको बताए।

विश्व लिङ्देनलाई पक्राउ गर्दा उनले पेस्तोल इलामका पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको स्वीकारेका छन्। इलामको चुलाचुली–४ मा गरिएको खोजीमा पेस्तोल रातो प्लास्टिकको झोलामा लुकाइएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार, ती सबै व्यक्ति लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन्। बरामद हतियार र तीनै जनालाई कारबाही अघि बढाउन काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  १ : ४७ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय