रौतहट । बारा प्रहरीले तस्कर समूहमाथि नियन्त्रण गर्न ७ राउण्ड गोली फायर गरेको छ। भारतको हनुमाननगरतर्फबाट मोटरसाइकल र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीका सामानसहित करिब २५ जना तस्कर आउँदै गरेको अवस्थामा प्रहरीले रोकेपछि गोली चलाइएको हो।
पचरौता नगरपालिका–६, चिकनी टोलमा भएको भिडन्तमा तस्कर समूहले पनि कटुवा पेस्तोलबाट २ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीको जवाफी कारबाहीपछि तस्करहरू फरार भएका छन्।
घटनास्थलबाट ४ भारतीय मोटरसाइकल, भारतीय नागरिक रञ्जित कुमारको ड्राइभिङ लाइसेन्स तथा भारतीय–नेपाली सिम बरामद गरिएको बारा प्रहरी प्रवक्ता विजय राज पण्डितले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी छ।






प्रतिक्रिया