२०८२, २२ चैत्र सोमबार

तस्करलाई नियन्त्रणमा लिन गोली फायर

तस्करलाई नियन्त्रणमा लिन गोली फायर


रौतहट । बारा प्रहरीले तस्कर समूहमाथि नियन्त्रण गर्न ७ राउण्ड गोली फायर गरेको छ। भारतको हनुमाननगरतर्फबाट मोटरसाइकल र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीका सामानसहित करिब २५ जना तस्कर आउँदै गरेको अवस्थामा प्रहरीले रोकेपछि गोली चलाइएको हो।

पचरौता नगरपालिका–६, चिकनी टोलमा भएको भिडन्तमा तस्कर समूहले पनि कटुवा पेस्तोलबाट २ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीको जवाफी कारबाहीपछि तस्करहरू फरार भएका छन्।

घटनास्थलबाट ४ भारतीय मोटरसाइकल, भारतीय नागरिक रञ्जित कुमारको ड्राइभिङ लाइसेन्स तथा भारतीय–नेपाली सिम बरामद गरिएको बारा प्रहरी प्रवक्ता विजय राज पण्डितले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ९ : २७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर