२०८२, १४ पुस सोमबार

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन


काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनका प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ। संगठन विभाग प्रमुख काशीनथ अधिकारीका अनुसार सबै क्षेत्रमा अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गर्न र त्यसको विवरण तत्काल विभागमा पठाउन भनिएको छ।

सर्वसम्मतिको प्रयास मंसिर १२ सम्म गर्ने र आवश्यक परे मंसिर १३ गते अनिवार्य रूपमा निर्वाचन प्रक्रियामा जाने निर्देशन दिइएको छ। केही जिल्लामा बढी शुल्क लिएको गुनासो आएपछि उम्मेदवारी दर्ता शुल्क १ हजार रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरिएको छ।

प्रतिनिधि छनौट सहज बनाउन खटिएका नेताहरूलाई समयमा जिम्मेवारी स्थलमा पुग्न आग्रह गरिएको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि देशभर र प्रवासमा मंसिर १३ गते एकैदिन प्रतिनिधि छनौट हुनेछन्। महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुने अपेक्षा छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ९ : ०७ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी