२०८२, ५ पुस शनिबार

नारायणगढ-पथलैया सडक विस्तारमा वन्यजन्तुमैत्री फ्लाइओभर, छिट्टै ठेक्का आह्वान

नारायणगढ-पथलैया सडक विस्तारमा वन्यजन्तुमैत्री फ्लाइओभर, छिट्टै ठेक्का आह्वान


काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-पथलैया १०० किलोमिटर सडक विस्तारका लागि ठेक्का आह्वानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। एशियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा विस्तार हुँदै गरेको यस सडकमा नेपालकै पहिलो वन्यजन्तुमैत्री फ्लाइओभर निर्माण गरिने तयारी छ।

सडक विभागका अनुसार पहिलो चरणमा गोन्द्राङसम्म करिब ७ किलोमिटर विस्तार भइसकेको छ भने बाँकी खण्डका लागि केही हप्ताभित्रै नयाँ ठेक्का आह्वान हुने छ। नयाँ संरचनाअन्तर्गत मुख्य सडक चार लेन र बजार क्षेत्रमा सर्भिस लेनसहित आठ लेन रहनेछ।

जंगली जनावरको सुरक्षित आवागमनका लागि टिकौली जंगल र अमलेखगञ्ज आधाभार क्षेत्रमा करिब २ किलोमिटर क्षेत्रमा तीन–तीन लेनका फ्लाइओभर निर्माण गरिनेछ। फ्लाइओभरको माथि सवारीसाधन गुड्ने र तल जनावर वारपार हुने व्यवस्था रहनेछ।

यसअघि एडीबी सहयोगमा बुटवल–नारायणगढ खण्डमा ११२ अन्डरपास र दुई ओभरपास निर्माण भइरहेको छ। जनावरका मृत्यु दर बढ्दै गएको निरीक्षण भएका कारण हालका सडक विस्तारमा वन्यजन्तुमैत्री संरचना अनिवार्य जस्तै बन्दै गएको छ।

नेपाल सरकारले २०७८ मा जारी गरेको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका’ कार्यान्वयनसँगै विश्वविद्यालय तहमा वन्यजन्तु तथा वातावरणमैत्री पूर्वाधारसम्बन्धी पाठ्यक्रम पनि पढाइ थालिएको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ९ : ०१ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा