२०८३, ९ श्रावण आईतबार

सुदूरपश्चिमले कर्णालीलाई १४० रनको लक्ष्य दियो

सुदूरपश्चिमले कर्णालीलाई १४० रनको लक्ष्य दियो

एनपीएलमा कीर्तिपुर त्रिवि मैदानमा रोमाञ्चक प्रतियोगिता सुरु


कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान दिए भने आरिफ शेखले २७, हरमित सिंह १९, क्रिस लिन १८, विनोद भण्डारी ११ र स्कट कुगेलेइनले १० रन बनाए।

कर्णालीका लागि कप्तान सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा मार्क वाट, विपिनप्रसाद शर्मा र युवराज खत्रीले एक-एक विकेट लिए। हाल कर्णाली जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ६ : ४६ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा